नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी मालीले माल्दिभ्स लिग खेल्दै

मंसिर २७, काठमाडौँ । नेपालमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)का क्रममा भएको महिला भलिबल टिमकी प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरेसँगै उनको चर्चा निक्कै चुलिएको छ । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर मालीको सागपछि चर्चासँगै माग पनि बढ्न थालेको छ । उनी अब माल्दिभ्सको लिग खेल्ने भएकी छिन् । 

मालीले माल्दिभ्सको पुलिस टिमबाट खेल्ने पक्का भएको हो । माल्दिभ्सको लिगमा अरु टिमहरुले पनि विदेशी खेलाडी राख्न पाउने भएकाले नेपालकी खेलाडी मालीले त्यहाँ अवसर पाएकी हुन् ।   

प्रतिभाको उत्कृष्ट प्रदर्शनका कारण बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन वुमन्स च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको थियो । काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबल खेलमा नेपालले रजत पदक जितेको थियो । खेल अवधिभर मालीको उत्कृष्ट प्रदर्शन गरेकी मालीले निकै चर्चा बटुलेकी छिन् ।  

Image result for महिला भलिबल टिमकी प्रतिभा माली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *