महिला ह्याण्डबः पाकिस्तानमाथि बंगलादेशकाे जीत

मंसिर २२, कास्की । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ ।   

पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो ।   

भारतको गुहावटीमा भएको १२ औंँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । बाह्रौँ सागमा पाकिस्तान कास्य पदक विजेता हो । पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो । 

बङ्गलादेशका लागि मोसम्मत रुबिना वेगमले सर्वाधिक नौ गोलको योगदान दिए । त्यसपछि  अल्पोना अख्तरले टोलीका लागि ६ गोल थपिन्  । खाडिजा खातुन र सुमी वेगमले पाँच पाँच गोलको योगदान गरे । शिल्पी अख्तरले चार गोल जोडे । खालेदा सुल्तानाले दुई गोल थपिन्  । 

पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक पाँच गोल गरिन् । खालिदा रमजानले टोलीका लागि चार गोलको योगदान गरिन् । आस्मा आल्ताफ र साइका रियाजले दुई दुई गोल जोडे । साडिया बासिर र नाजिस मक्सुदले एक एक गोलको योगदान गरे।  बङ्गलादेशकी मोसम्मत वेगमले पहेँलो कार्ड पाएका थिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =