साग महिला क्रिकेट : उपाधि होडबाट बाहिरियो नेपाल

मंसिर २०, पोखरा । साग महिला क्रिकेटमा श्रलिंकासंग नेपाल पराजित भएको छ । यो हारसंगै नेपाल उपाधि होडबाट बाहिरिएको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार पोखरा रङ्गशालामा भएको खेलमा श्रीलंकाले नेपाललाई ४२ रनले पराजित गरेको हो ।
श्रीलंकाले दिएको १ सय १९ रनको लक्ष्य पछ््याएर जवाफी व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र ७७ रन बनायो ।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । यस्तै, कविता कुँवरले १३, करुणा भण्डारीले १२ र अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
null
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।
प्रतियोगिताको उपाधिका लागि अब बंगलादेश र श्रीलङ्का भिड्नेछन् । बंगलादेश अहिलेसम्म अपराजित छ भने श्रीलङ्काले तीनमध्ये दुई खेल जितेको छ ।








