कुस्तीमा नेपाललाई स्वर्ण

मंसिर २१, जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को कुस्ती खेलमा नेपालले स्वर्ण पदक हासिल गरेको छ ।   

शनिबार जनकपुरमा सम्पन्न यस खेलमा नेपालले बंगलादेशलाई हराउँदै स्वर्ण पदक हात पारेको हो ।   

५५ केजी तौल समूहमा भएको खेलमा  नेपालकी संगिता धामीले  बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले हराउँदै नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।   

Image result for संगिता धामीले स्वर्ण पदक

यसअघि शुक्रबार  एक रजत र तीन कास्य पदक जितेको नेपालले सागको कुस्तीमा यो पहिलो स्वर्ण हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =