१३ औँ सागः महिला ह्याण्डबलमा नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा

  

मंसिर २०, पोखरा  । पोखरा रङ्गशालामा जारी १३ औँ सागअन्तर्गत महिला ह्याण्डबलमा नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ए बाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । समूह बी बाट नेपाल समूह विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।   

सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बङ्गलादेश फाइनलका लागि भिड्ने छन् । महिला ह्याण्डबलको समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश आआफ्नो खेल जित्दै सेमिफाइनल पुगेको हो । पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउँदै समूह विजेता बन्यो । भारत र पाकिस्तानबीचको खेल विजेता र उपविजेताको लागि मात्र थियो । 

Image result for १३ औँ साग

समूह बीअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले श्रीलङ्कामाथि ३४–१३ गोलको जित निकालेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले भने श्रीलङ्का र बङ्गलादेशसँगको लगातार दुई खेल जित्दै समूह चरणको विजेता बनेर सेमिफाइनल पुगिसकेको छ ।  रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =