बिराट मेडिकल अस्पतालमा अत्याधुनिक मेशिनबाट २४ घण्टै सेवा

पुस २, विराटनगर । बिराट मेडिकल शिक्षण अस्पतालले ल्याव सेवामा अत्याधुनिक मेशिनको माध्यमबाट २४ घण्टा नै सेवा दिदैँ आइरहेको छ ।
अस्पतालको ल्याव विभागमा डिपार्टमेन्ट अफ प्याथोलोजी, डिपार्टमेन्ट अफ वायोक्यामेष्ट्री, डिपार्टमेन्ट अफ माइक्रोबायोलोजी गरी तीनवटा विभाग रहेर संरचना निर्माण भएको छ ।

उक्त अस्पतालको ल्याव बिभागमा प्रयोग हुने यन्त्र साथै बिभिन्न स्रोतहरुका कारणले बिराट मेडिकल कलेज शिक्षण अस्पताल क्लिनिकल ल्यार्वेटरी सर्भिस विभाग अन्य कलेजको भन्दा भिन्नरुपले प्रस्तुत भएको उक्त अस्पतालका अस्पतालका प्याथोलोजिष्ट तथा ल्याब संयोजक डा. सन्तोष उपाध्याय काफ्लेले बताउनु भयो ।
उहाँले उक्त तीन ओटा बिभाग मिलेर रिपोर्टलाई उत्कृष्ट अनुगमन गरेर २४ घण्टै अब्बल प्याथोलोजिष्टको उपस्थितिमा हरेक रिपोर्टको नियमित जाँच गरेर मात्र रिपोर्ट बिरामीलाई दिने गरेको बताउनु भयो ।
बिराट मेडिकल शिक्षण अस्पतालले ल्याव बिभागमा के कस्ता खालकाे सेवा उपलब्ध गरेका छन् यसै बिषयमा डा. उपाध्यायसँग मकालु खबरले गरेको भिडियो कुराकानी तल दिइएकाे छ ।
https://youtu.be/DoBgu2nhFe4








