बाँकेको कोहलपुरमा कर्फ्यु लगाउने तयारीमा प्रशासन

मंसिर २२, बाँके । बाँकेको कोहलपुरमा कर्फ्यु लगाउने तयारी गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । ट्रकको ठक्करबाट स्कुले  बालिकाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको हो ।  कोहालपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थानीयवासीले ट्रकमा आगजनी गरेका थिए ।   

झडपमा परि  ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप ७ जना प्रहरी पनि घाइते भएका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुलाई काठमाडौ लैजाने तयारी भैरहेको छ । 

कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =