हिमपातले कतै सकस कतै खुसी, राजमार्ग अवरुद्ध

मंसिर २८, धनगढी । सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लामा हिमपात भएको छ। बिहीबार रातिदेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमाली भागमा हिमपात सुरु भएको थियो।   

शुक्रबार पनि अधिकांश उच्च भूभागमा हिउँ परेको छ। बाजुराको सदरमुकाम मार्तडी, बझाङको सदरमुकाम चैनपुरलगायत सातवटै पहाडी जिल्लाका अधिकांश भूभाग हिमपातले सेताम्मे छन्। 

बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला, बैतडी, अछाम र डोटीमा हिमपातले जनजीवन प्रभावित भएको छ। बझाङ, बाजुरालगायत जिल्लाका बस्तीमा हिमपातले शुक्रबार शिक्षण संस्थासमेत बन्द भएका छन्। बाजुराको कोल्टी एयरपोर्टमा हवाईसेवा बन्द भएको छ। 

null

डेढदेखि दुई फिटसम्मको हिमपातले भीमदत्त पन्तलगायत विभिन्न सडक अवरुद्ध भएका छन्। यस प्रदेशमा पर्ने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भारी वर्षा भएर जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिसम्म पहाडी जिल्लामा हिमपात र तराईमा वर्षा जारी छ। यो समाचार नागरिक दैनिकले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 7 =