साग अपडेट : पदक तालिकाको अग्रस्थानमा नेपाल, भुटान पुछारमा

मंसिर १८, काठमाडौँ । दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ६० पदक जित्दै आफ्नो अग्रता कायमै राखेको छ । बुधबार अपरान्ह साँढे ३ बजेसम्मको नतिजामा नेपालले २७ स्वर्ण, १४ रजत र १९ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको छ ।   

त्यसैगरी भारत ५१ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा छ । भारतले २२ स्वर्ण, १९ रजत र १० कांस्य जितेको छ ।   

त्यस्तै ३४ पदक जितेर पाकिस्तान पदक तालिकाको तेश्रो स्थानमा छ । उसले ८ स्वर्ण, १३ रजत र १३ कांस्य जितेको छ भने, ५५ पदकसहित श्रीलंका पदक तालिकाको चौथो स्थानमा छ ।  श्रीलंकाले ६ स्वर्ण, १७ रजत र ३२ कांस्य जितेको छ ।   

null

पाँचौ स्थानमा भने रहेको बंगलादेश रहेको छ । उसले अहिलेसम्म ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित ३५ पदक जितेर पदक तालिकाको पाँचौं स्थानमा रहेको हो । त्यस्तै माल्दिभ्स १ स्वर्ण र २ कास्य जितेर छैटौँ स्थानमा  छ भने, भुटा पदक तालिका अन्तमा छ । भुटानले मात्र ३ कांस्य जितेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *