चीनमा सुरुङमा थुनिएर १४ को मृत्यु, दुई अझैँ सुरुङभित्रै फसे

पुष १, चीन । मंगलबार चीनको एक कोइला खानीको सुरुङमा थुनिएर १४ जना कामदारको मृत्यु भएको छ भने दुई जना अझैँ सुरुङ भित्रै फसेका छन् ।   

चीनको दक्षिण पश्चिमी ग्वान्झाउ प्रान्तको कोइलाखानीमा मंगलबार बिहान  साढे एक बजे भएको यस घटनामा सात जना कामदारको भने सकुशल उद्धार गरिएको छ ।   

खानीका कामदारहरु सुरुङमा फस्नुका साथै त्यहि बेला अत्याधिक मात्रामा ग्यास लिक पनि भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

यस दुर्घटनामा फसेकाहरुका उद्धार कार्य जारी रहनुको साथै घटनाबारे थप अनुसन्धान भईरहेको स्थानिय प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *