खैरहनीमा वडाध्यक्षहरुको सपथ ग्रहण

मंसिर १७ चितवन ।  चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ का नवनिर्वाचित वडाध्यक्षहरुलाई मंगलवार सपथ ग्रहण गराईएको छ । साथै उनीहरुले मंगलवारनै पदभार ग्रहण समेत गरेका छन् ।   

नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले नव निर्वाचित वडाध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन् ।  हालै सम्पन्न उपनिर्वाचनबाट खैरहनी ४ मा देववहादुर वस्नेत र खैरहनी ५ मा प्रतिमा कार्की वस्नेत वडाध्यक्षमा निर्वाचित भएका थिए ।   

खैरहनी ४ का तत्कालिन वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र खैरहनी ५ का वडाध्यक्ष विश्वविजय वस्नेतको वि. सं. २०७४ माघ ६ गते सवारी दुर्घटनामा निधन भएको थियो । उनीहरुको निधन भएपछि खैरहनी ४ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष देववहादुर वस्नेत र खैरहनी ५ मा रामसिंह चौधरीले कार्यवहाक वडाध्यक्षको रुपमा काम गर्दै आएका थिए ।   

null

उपनिर्वाचनमा निर्वाचित खैरहनी ५ की वडाध्यक्ष प्रतिमा कार्की तत्कालिन वडाध्यक्ष विश्वविजय वस्नेतकी श्रीमती हुन् । सपथ ग्रहण कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले कानुनको अधिनमा रही कसैको दवाव र प्रभावमा नपरी जनताको इच्छा र आकांक्षा अनुसार काम गर्न नवनिर्वाचित वडाध्यक्षहरुलाई निर्देशन दिए ।   

सपथ ग्रहण कार्यक्रममा खैरहनी नगर उपप्रमुख सुनिता थपलिया,नेपाली काग्रेश खैरहनी नगर सभापति शशि कुमार खनियाँ,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्याल,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *