अवैध रुपमा तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

मंसिर २३, काठमाडौं । प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् ।   

सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् । उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान नदिँदा तलबभत्ता बुझ्न नरोकिएको हो । 

प्रदेशभरी वित्तिय अनुशासन कायम गर्नुपर्ने निकायका प्रमुख पदाधिकारीले नै अनुशासनहीन प्रदर्शन गर्दै कर्मचारीको तलब व्यक्तिगत खातामा बुझ्ने गरेका छन् । सुजीतकुमार झाले यो समाचार राजधानी दैनिकले छापेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *