मकवानपुरमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

मंसिर २५, मकवानपुर । गएराती मकवानपुरमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मकवानपुरको फरक–फरक स्थानमा सवारी दुर्घटना हुँदा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको हो थप दुई जना घाइते भएका हुन् ।
मकवानपुरको हेटौंडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै ठक्कर दिँदा मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको मुत्यु भएको हो ।

दुर्घटनापछि टिपर चालक भने फरार रहेको र टिपरलाई भने नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी गएराति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालकसहित दुई घाइते भएका छन् । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उक्त महिलाको मृत्यु छ भने मृतक महिलाको पहिचान खुल्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुरको भने अवस्था चिन्ताजनक रहेको र प्रहरीले जनाएका छन् । घाइते हुनेमा चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








