क्रिसमस मनाउन रिसोर्ट पुगेका एकै परिवारको डुबेर मृत्यु
२०७६ पुस ९ गते

पुष ९, काठमाडौं । क्रिसमस मनाउन एउटा रिसोर्टमा पुगेका एकै परिवारका तीनजनाको मृत्यु भएको छ । स्पेनको कोस्टा डेल सोल रिसोर्टमा क्रिसमस बिदा मनाउन गएका उनीहरुको डुबेर मृत्यु भएको हो ।
रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए ।
जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए ।

बुवा र छोरी दुबै बेलायती थिए भने दाइ भने अमेरिकन भएको बुझिएको छ ।
एजेन्सी
२०७६ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








