दशकको टी–२० टोलीः धोनी अटाएनन्

पुस १४, भारत । विज्डनले यस दशकको उत्कृष्ट टी–२० टोली घोषणा गरेको छ । यस दशकमा खेलिएका ८९७ खेलमा २ लाख ४९ हजार ५ सय ७८ रन बनेको थियो भने ११ हजार २ सय ९३ विकेट खसेका थिए ।
टोलीमा ओपनरका रुपमा अस्ट्रेलियाका एरोन फिन्चलाई छानिएको छ । उनी टोलीका कप्तान पनि रहनेछन् । उनीसँगै न्युजिल्याण्डका कोलिन मुनरोलाई अर्का ओपनरका रुपमा चयन गरिएको छ ।
नम्बर ३ मा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई छनौट गरिएको छ भने उनीपछि अस्ट्रेलियाका अलराउन्डर शेन वाटसन छन् । नम्बर ५ मा अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलले टोलीमा स्थानमा बनाएका छन् । विकेट किपिङको जिम्मा इङ्ल्याण्डका जोस बटलरलाई दिइएको छ ।

अलराउन्डरमा अफगानिस्तनका मोहमद नाबीलाई छनौट गरिएको छ । त्यस्तै, इङ्ल्याण्डका तीव्र गतिका बलर डेभिड विलीले पनि टोलीमा स्थान बनाएका छन् । स्पीनरका रुपमा अफगानिस्तानका रासिद खानलाई अवसर दिइएको छ भने बलरहरुमा श्रीलङ्काका लासिथ मलिङ्गा र भारतका जसप्रित बुमराहलाई टोलीमा राखिएको छ ।
यस्तो रहनेछ टोली: एरोन फिन्च (कप्तान), विराट कोहली, शेन वाटसन, ग्लेन म्याक्सवेल, जोस बटलर (विकेटकिपर), मोहमद नाबी, डेभिड विली, रासिद खान, जसप्रित बुमराह, लासिथ मलिङ्गा । एजेन्सी








