४ दिनमा २१५ जना बेसहाराको उद्धार

फाइल तस्विर 

पुस ४, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न संस्थाहरुसँगको सहकार्यमा काठमाडौंबाट ४ दिनमा २ सय १५ जना बेसहाराको उद्धार गरेको छ ।   

शुक्रबार सभा गृहमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको ‘बेसारा, अभिभावकविहिन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मुल व्यवस्थापन समिति’ को बैठकमा सोबारे जानकारी गराइएको हो ।   

Image result for बेसहारा काठमाडाैं सडक

बैठकमा मानव सेवा आश्रमका ३ नं. प्रदेश इन्चार्ज सुमन बर्तौलाले सो विवरण प्रस्तुत गरेका हुन् । उनका अनुसार यसरी उद्धार गरिएकामध्ये १ सय २९ जना पुरुष, १४ जना महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको छ । 

त्यस्तै उद्धार गरिएकामध्ये वास्तवमै सहयोग गर्नुपर्ने भनेर पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ । त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको बर्तौलाले जानकारी दिए । 

बैठकमा मेयर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार गरिएका हरेक व्यक्तिको उद्धार पूर्वको अवस्थालाई तस्विर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन निर्देशन दिए ।  

अभियान शुरु भएको दिन मंसिर २९ गते ७ जना महिला, ३४ जना पुरुष र १ जना बालक गरी ४२ जनाको उद्धार भएको थियो भने मंसिर ३० गते १० जना महिला, ४५ जना पुरुष १ बालक र १ बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो । पुष १ गते ११ जना महिला, ३७ जना पुरुष र १ जना बालक गरी ४९ जना र पुष २ गते ३ जना महिला, ६४ जना पुरुष गरी ६७ जनालाई रातको समयमा काठमाडौंका बिभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =