घुस लिने सशस्त्र प्रहरी जवान अख्तियारको फन्दामा

पुस १४, काठमाडौँ । मोरङमा सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा  सशस्त्र प्रहरीका एक जवान रंगेहात पक्राउ परेका छन् ।   

पक्राउ पर्नेमा सशस्त्र प्रहरीका जवान सचित नारायण विश्वास रहेका छन् ।   

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ५ हजार ५ सय रुपैयाँ घुस रकमसहित मोरङको विराटनगर महानगरपालिका ११ बसपार्क स्थित न्यू अप्सरा गेष्ट हाउसबाट नियन्त्रणमा लिएकाे हो ।   

Image result for घुस लिने सशस्त्र प्रहरी जवान

मोरङको बख्री बोर्डर आउट पोष्टमा कार्यरत  नारायणले  भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त घुस रकम लिईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।   

पक्राउ परेका नारायणमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =