साइक्लिङमा नेपाललाई स्वर्ण दिलाउने निष्मालाई सम्मान

मंसिर २३, काठमाडौं । सागमा साइक्लिङ मार्फत स्वर्ण जित्ने निष्मा श्रेष्ठलाई सोमबार सम्मान तथा अभिनन्द गरिएको छ ।   

काठमाडौंको तारकेश्वर नगरपालिका ४ स्थित नयाँ गणेश उपभोक्ता समितिको आयोजनामा आज  निष्मालाई सम्मान तथा अभिनन्दन गरेको हो । उनले १३ औं दक्षिण एशियाली (साग) अन्तरगत साइक्लिङको १ किलोमिटर माउण्टेन बाइक डाउनहिल प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।   

श्रेष्ठलाई शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले खादा ओढाएर सम्मान तथा अभिनन्दन गरेका थिए ।   

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *