कप्तान ज्ञानेन्द्रको शतकमा भुटानलाई २३७ रनकाे लक्ष्य

मंसिर १९, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको पुरुष क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको लक्ष्य दिएको छ ।   

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको खेलमा यो हालसम्मकै ठुलो लक्ष्य हो ।   

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ५३ बलमा शतक प्रहार गरे । १८ औं ओभरको अन्तिम बलमा क्याच हुनुअघि उनले ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रन बनाए । ज्ञानेन्द्रको टि–ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो शतक हो भने नेपालका लागि यो दोस्रो शतक हो। यसअघि पारसले सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए।  नेपालले ट्वान्टी–ट्वान्टी क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। 

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाए । ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ८ रनको साझेदारी गरेका थिए। 

पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए।  

भुटानका कर्मा दोर्जीले दुई विकेट लिएका थिए।भुटानका कर्मा दोर्जीले दुई विकेट लिएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =