जडिबुटी संकलन गर्न गएका १२ जना बेपत्ता

मैसिर ३०, काठमाडौँ । जुम्लाको तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन्। उनीहरु पाटनमा कस्तो अवस्थामा छन्,के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन्। 

बिहिवार सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडिबुटी संकलनका लागि उनीहरु पाटन तिर गएका थिए। जडिबुटी संकलनका लागि गएकाहरुको कुनै सम्पर्क हुन नसकेको तिला ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए।  

उनका अनुसार वेपत्ता हुनेमा तिला ९ ढिपु गाउँका धनबहादुर बोहोरा,छविराज बोहोरा,जंग रावत, सुमबहादुर बोहोरा, नरबीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सुर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका रहेका छन्। यो समाचार नागरिक दैनिकले छापेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 11 =