व्यवसायीलाई धाकधम्की दिने रमेश बाहुन समूहका सुटर पक्राउ

पुस ६, काठमाडौँ । काठमाडाैँमा व्यवसायीलाई धाकधम्की दिई रहेको अवस्थामा प्रहरीले गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई रहेको प्रहरीले जनाएको छ ।   

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनलाई  कोटेश्वरबाट पक्राउ गरिएको हो ।  महाशाखाका  एसएसपी सहकुलबहादुर थापाले भने  ‘व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।’ 

Image result for सुटर पक्राउ

पक्राउ परेका राईमाथी अनुसन्धान भईरहेको छ भने यस अघी  ‘मोस्ट वान्टेड’ सूचीमा रहेको गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताललाई पनि नियन्त्रणमा लिई सकिएको  एसएसपी थापाले बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =