आइटीबीपी क्याम्पमा एक जवानले ५ साथीलाई गोली हाने अनि आत्महत्या गरे

सांकेतिक तस्विर 

मंसिर १८, नयाँ दिल्ली । छत्तीसगढको माओवाद प्रभावित नारायणपुर जिल्लामा भारत–तिब्बत सीमा प्रहरी बलको एक क्याम्पमा आपसी गोलाबारीमा ६ जवानको मृत्यु भएको छ ।   

नारायणपुरका एसपी मोहित गर्गले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार जिल्लाको कडेनार क्षेत्रस्थित एक क्याम्पमा बुधबार बिहान करीब ८ बजे जवानबीच गोली हानाहान हुँदा ६ जनाको मृत्यु भएको हो । ती बाहेक २ थप जवान छन्, जो आपसी फायरिंगमा गम्भीर घाइते भएका छन् ती सबै जवानहरु भारत–तिब्बत सीमा प्रहरी बलका ४५ औं बटालियनका हुन् ।   

बीबीसी

आपसी फायरिंगको कारण खुल्न बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । घटनामा घाइते भएका जवानको उपचारका लागि हेलिकप्टरबाट रायपुर लैजान तयारी चलिरहेको छ ।   

प्राप्त जानकारी अनुसार बटालियनमा आपसी विवाद पश्चात एक जवानले स्वचालित हतियारबाट आफ्नो साथीमाथि अन्धाधुन्धा गोली चलाउन सुरु गरेका थिए । जसकारण ५ जनाको घटनास्थलमै मृत्यु भयो । त्यसपश्चात गोली चलाउने जवानले आफूमाथि गोली चलाएर आत्महत्या गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *