१३ औं दक्षिण एशियाली खेलकुद : महिला फुटबलमा नेपालको विजयी सुरुवात

मंसिर १७, पोखरा । नेपाली महिला फुटबल टीमले विजयी सुरुवात गरेको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग)को महिला फुटबल प्रतियोगिता अन्तरगत मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो । 

पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =