‘कांग्रेस विवादः समानान्तर गतिविधिको तयारीमा असन्तुष्ट समूह’, ‘महाकालीमा मौका छोप्दै भारत’, ‘केन्द्रनिर्भर प्रदेश’

पुस १३, काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।
कान्तिपुर दैनिकले ‘महाकालीमा मौका छोप्दै भारत’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेपालका बासिन्दा चिसो छल्न तल्लो भेग झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण गरिरहेको छ ।
त्यस्तै, राजधानी दैनिकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा असन्तुष्ट समूहले जिल्ला सभापतिहरुको छुट्टै भेला गर्ने तयारी गरेको समाचारलाई प्राथमिक समाचार बनाइएको छ । पार्टीमा संस्थापन समूहले बहुमतका आधारमा केन्द्रीय समितिको कार्यकाल थप्दै १४ औं महाधिवेशनको कार्यतालिका ल्याएपछि असन्तुष्ट समूहले जिल्ला सभापति भेलादेखि महाधिवेशन प्रतिनिधि भेलाको तयारी गर्न लागिरहेको समाचारमा लेखिएको छ ।

त्यस्तै, अन्नपूर्ण पोष्ट् दैनिकले ‘केन्द्रनिर्भर प्रदेश’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारमा लेखिए अनुसार संघीयताअनुसार प्रदेशसभा गठन भई प्रदेश सरकारको अभ्यास भएको दुई वर्ष पुग्दापनि प्रदेश २ बाहेकका ६ वटामा नेकपाको सरकार भएपनि गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक अन्यले प्रदेशको नामाकरण र राजधानी तोक्न सकिरहेका छैनन् ।
अन्य पत्रपत्रिकाहरुको फ्रन्ट पेज तस्बिरमाः








