काठमाडौँमा अवैध विद्युतीय सामान सहित दुई पक्राउ

पुस १०, काठमाडौँ । काठमाडौँमा प्रहरीले अवैध रुपमा भन्सार छली ल्याइएको विद्युतीय सामान सहित दुई जनालाई पक्राउ गरेको छ ।   

गएराती महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रण लिन सफल भएको हो ।   

अवैध रुपमा सामान ल्याएको आरोपमा काठमाडौं महानगरपालिका २५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् ।   

Image result for दुई पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुको साथबाट १५ लाख ७७ हजार नगद, एनएमबी बैंकको पाँच लाखको चेक, २३ थान आईप्याड, १८ थान आईफोन ११, नौ थान एप्पल वाच, वायरलेस एयरफोन ६ थान, सामसुङका १५ थान मोवाइललगायतका सामान फेला पारिएको छ ।   

उनीहरुको साथबाट फेला पारिएको उक्त सामानको मूल्य ५५ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =