कर्मचारीकै कारण संघीयताप्रति जनता निराश हुन थालेः प्रचण्ड

मंसिर २०, धनगढी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वित्तीय सम्मेलन उद्घाटन गर्दै कर्मचारीका कारण जनताका अधिकार कटौति हुन थालेको बताए ।   

बिहिबार  उनले सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलन उद्घाटन गर्दै यस्तो बताएका हुन् ।  उनले कर्मचारीकै कारण संघीयताप्रति जनता निराश हुन थालेको बताउँदै कर्मचारीको मानसिकता र काम गर्ने शैली पुरानै रहेको बताएका छन् ।   

नेकपाका अध्यक्ष तथा  पूर्व प्रधानमन्त्री प्रचण्डले संघीयताले घर–घरमा जनतालाई अधिकार दिने परिकल्पना गरेको तर  कर्मचारी खटाएको ठाउँमा जान नमान्ने बताए ।  जनप्रतिनिधिले काम गर्न खोज्दा कानुनी अड्चन देखाएर भाँजो हाल्ने काम गर्ने गरेको उनले आरोप लगाएका छन् । 

Related image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =