वेदको ९ औँ वार्षिकोत्सव सम्पन्न

पुस ११, काठमाडौं । वेद इन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीले आफ्नो ९ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।   

इक्यानका आइपीपी, महासचिव, उपाध्यक्ष, सल्लाहकार र सदस्यहरुको बाक्लो उपस्थितिमा वेदले कार्यालय परिसरमा बिहीबार केक काटेर आफ्नो ९ औँ वार्षिकोत्सव मनाएको हो ।   

कार्यक्रममा कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर आशिक कार्कीले विद्यार्थीहरुको माया र विश्वासले यहाँसम्म आइपुग्न सफल भएकाे बताए । ‘विद्यार्थीहरुको माया र विश्वासले हामीमा ऊर्जा थपिएको छ । अबका दिनमा अझै विश्वासिलो भएर सेवा प्रदान गर्दै अघि बढ्नेछौँ । साथै विद्यार्थीहरुको सहजताका लागि ललितपुरमा पनि शाखा विस्तार गर्दैछौँ’, कार्कीले भने ।   

Image may contain: 4 people, people smiling, people standing

वेदले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा अष्ट्रेलिया, यूएसए, यूके, क्यानडा र न्यूजिल्याण्ड जाने विद्यार्थीहरुका लागि फरक खालको स्कलरसिपको व्यवस्था पनि गरेको छ । 

सन् २०१० मा दर्ता भएको वेद इन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई परामर्श गर्दै आइरहेको छ ।   

विगतमा विशेषगरी अष्ट्रेलिया र यूएसए जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गरेको वेदले  गत वर्षबाट यूके, न्यूजिल्याण्ड र क्यानडा जाने विद्यार्थीहरुलाई पनि परामर्श दिँदै आएको छ ।   

वेद इन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी समाज सेवा तथा सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय छ । विगतमा संस्थाले यूथ फर ह्यूमन राइट्स, बाढी पीडित लगायतलाई सहयोग गरेको थियो ।   

भावि दिनमा पनि संस्थाले विगतमा जस्तै सामाजिक कार्यहरुलाई प्राथमिकता दिँदै अघि बढ्ने म्यानेजिङ डाइरेक्टर कार्कीको भनाइ छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *