हेटाैंडामा टाटा मोटर्सको 3S वर्कशप

मंसिर २२, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हेटौँडाको बसामाडीमा घक् वर्कशप संचालनमा ल्याएको छ ।
सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष श्री सिद्धार्थ शमशेर ज.ब.रा. तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कशपको उद्घाटन गरे ।
उक्त उद्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीका प्रमुख कार्य संचालन अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारी र ग्राहकको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर सञ्चाल थप विस्तार गरिएको प्रति खुशी व्यक्त गरे ।
सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले निरन्तर सहयोगका लागि ग्राहकहरू, कर्मचारीहरू तथा टाटा मोटर्स लिमिटेड प्रति आभार व्यक्त गरे ।








