आज दिउँसो बोलाइएको प्रदेश सभा २ को बैठक अवरुद्ध

पुस १४, जनकपुरधाम । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेश सभा २ को बैठक सांसदहरुले अवरुद्ध पारेका छन् । 

प्रतिपक्षी तथा एक जना सत्तारूढ दलका सांसदहरुले संसदीय विकास कोषको योजनामा काम गरेका उपभोक्ता समितिहरुको बक्यौता रकम भुक्तानीको माग गर्दै संसद बैठक अवरुद्ध गरिएको हो । 

भुक्तानी सम्बन्धमा सरकारले जवाफ नदिएकाले संसद अवरुद्ध गर्ने घोषणा गरेसँगै कांग्रेस र नेकपा सांसदहरु उठेर बैठक अवरुद्व गरेको जनाइएको छ । विपक्षी सांसदहरुले बैठक अवरुद्व गरे लगत्तै राजपा सांसद उपेन्द्र महतोले समेत समर्थन जनाएका थिए ।   

‘सरकार अल्पज्ञानी छ, या त नियतवश सांसदहरुको भुक्तानी रोकेको छ’ बैठक अवरुद्वमा सहभागी हुँदै राजपा सांसद महतोले भने, “अब भुक्तानी नपाएका पीडितहरुले मन्त्रीहरुलाई कालो झण्डा देखाउँछन् । बिरोध प्रदर्शन गर्छन् ।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =