भक्तपुरमा कांग्रेसका भँडेल विजयी

मंसिर १५, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् ।   

आफ्नो निकटतम प्रतिस्पर्धी सत्तारुढ नेकपाका उम्मेद्वार डीपी ढकाललाई २ हजार ५ सय ३८ मतले हराउँदै भँडेल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।   

भँडेलले १३ हजार ७ सय ४८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी ढकालले ११ हजार २ सय १० मत मात्र प्राप्त गरे ।   

त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरे ।   

भक्तपुर क्षेत्रनम्बर २ कमा भँडेल निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =