ट्रयाक्टरबाट खसेर किशोर मृत्यु, चालक नियन्त्रणमा

पुस ०५, उदयपुर । ट्रयाक्टरबाट खसेर एक किशोरको ज्यान गएको छ । त्रियुगा नगरपालिका-१३ नयाँ बरुवा बसपार्कस्थित भित्रि सडकमा खसेर किशोरको ज्यान गएको हो ।
त्रियुगा नगरपालिका-६ जलजलेका १६ वर्षीय प्रबेश अलि मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जनाएका छन् ।
रौतामाई गाउँपालिकाको मुकुर्चिबाट ढुंगा लिएर आएको स१ त६८०० नम्बरको ट्रयाक्टरबाट खसेको मियालाई ट्रयाक्टरको पछाडीको टायरले किचेको जनाएका छन् । तत्काल मियालाई उपचारका जिल्ला अस्पताल गाईघाट पु¥याएको भए तापनि उपचारको क्रममा शुक्रवार राती ज्यान गएको हो ।
null
मृतक मिया ट्रयाक्टरको सह चालक भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ट्याक्टर,ट्याकक्टर चालक त्रियुगा नगरपालिका-६ जलजलेका ४५ बर्षीय श्यामकुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।








