साग महिला फुटबल : नेपाल र भारत फाइनलमा भिड्ने

मंसिर १९, पोखरा । पोखरामा जारी महिला फुटबल प्रतियोतिामा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबलको फाइनलमा पुगेको हो । 

बिहीबार पोखरा रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको हो । नेपालका लागि सावित्रा भण्डारी एक्लैले ३ गोल गरिन् ।   

अब नेपालले स्वर्णका लागि भारतसँग प्रतिस्पधा गर्नेछ ।   

null

खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेड गोल गरेकी हुन् । चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् । 

खेलको इन्जुरी टाइममा सावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै हृयाट्रिक पूरा गरिन् ।   

यसअघि आजै भएको भारत र श्रीलंकाबीचको खेलमा भारतले श्रीलंकालाई ६ ० गोल अन्तरले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =