खण्डग्रास सूर्य ग्रहणः दुबईबाट देखियाे रिंग अफ फायर

पुस १०, काठमाडौं । खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्य ग्रहण सुरु भइसकेको छ । नेपाली समयानुसार ८ः४२ मा स्पर्श भएको हो । १०ः१ मा मध्ये र ११ः३१ मा मोक्ष हुनेछ ।   

यो भन्दा पहिले १७२३ को ०७ फ्रेबुअरीमा यो ग्रहण लागेको थियो । २९६ वर्षपछि आज त्यस्तै ग्रहण लागेको हो । यो २०१९ को अन्तिम ग्रहण हो ।   

भारतमा सूर्य ग्रहणको समय सबै मन्दिर र मन्दिरको ढोकाहरु बन्द गरिएको छ । ग्रहण सकिएपछि पूर्जा अर्चना गरिने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।   

आजको ग्रहण विभिन्न देशहरुबाट हेर्न सकिन्छ । कुन देशमा ग्रहण कस्तो देखियो, हेरौँ तस्वीरहरुः 

भारतः भारतमा सबैभन्दा पहिले गुुजरातबाट सूर्य ग्रहण देखियोे । २५ डिसेम्बरको राति ०९ बजेदेखि नै सूतक लागेको थियो । भारतः भारतमा सबैभन्दा पहिले गुुजरातबाट सूर्य ग्रहण देखियोे । २५ डिसेम्बरको राति ०९ बजेदेखि नै सूतक लागेको थियो ।  

दुबईः दुबईका ग्रहणका केही तस्वीरहरु सार्वजनिक गरिएको छ जसमा रिंग अफ फायर समेत देख्न सकिन्छ ।  

म्यानमार: म्यानमारमा पनि सूर्य ग्रहणको दृश्य देखिएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =