जलेको अवस्थामा शव फेला, एक पक्राउ
मकालु खबर
२०७६ मंसिर २२ गते
मंसिर २२, विराटनगर । आईतबार बिहान बिराटनगरमा एक ७० वर्षे बृद्ध जलेको अवस्थामा मृत भेटिएका छन् ।
प्रहरीका अनुसार विराटनगर २ शनिहाटमा गएराति ग्यास लिक भएर आगलागी हुँदा ७० वर्षीय यप्रसाद दाहाल जलेको अवस्थामा मृत भेटिएका हुन् ।
बिराटनगरमा एक्लै बसेका उनी जलेको अवस्थामा मृत भेटिएपछी घटना गराएको आशंकामा प्रहरीले एक जनालाई समेत नियन्त्रणमा लिएका छन् ।
घटनास्थलमा कोशी ग्यासको सिलिण्डर र ग्यासको पाइप जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजूले जनाएका छन् ।
उनका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । बिहान दाहाललाई भेट्न राधेश्याम दराक आएका थिए । जयप्रसादले ढोका नखोलेपछि छिमेकी बोलाएर हेर्दा जलेको अवस्थामा शव भेटिएको हो ।
मकालु खबर
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित