प्रहरीकै कुकुरले खेलौला चोरेपछि…

पुष ६, काठमाडौं । अमेरिकाको एक प्रहरी कार्यालयले क्रिसमसका लागि सङ्कलन गरेका खेलौनाको चोर पत्ता लगाएको छ र त्यो चोर उनीहरूको आफ्नै कुकुर रहेको छ। 

फ्र्याकलिनका प्रहरी अधिकृतहरूले क्रिसमसमा सान्ता फाउन्डेशनलाई दिन खेलौनाहरू सङ्कलन गरेका थिए। 

ती खेलौनाहरू हराउन थाले। शङ्काको घेरामा उनीहरूकै परिवारका सदस्य थियो जसमाथि उनीहरूले छानबिन गरे। र छिट्टै नै उनीहरूको आफ्नै कुकुर बेन फ्र्याकलिन चोरी गर्दागर्दै पक्राउ पर्यो। 

बेनले सो खेलौना एउटा टेबुलमुनि लुकाउँछ जहाँ प्रहरी अधिकृतहरूले अन्य हराएका खेलौनाहरू पनि भेट्टाउँछन्। 

फ्र्याकलिन प्रहरीका सहायक प्रमुख जेम्स मिलले बोस्टन २५ लाई भने,‘खेलौना ताल्चा मारिएर राखिएको थियो त्यसैले हामीलाई बेनमाथि शङ्का गर्न सहज थियो। जब बेनले कार्यालयमा खेलौना देख्यो उसले ती सबै आफ्ना भएको सोच्यो।’ 

उनले बेनलाई खेलौना भएको स्थानमा जान प्रतिबन्ध लगाइएको र उसले लुकाएका खेलौनाहरू फेरिएको बताए। 

बेन थेरापी कुकुर हो जो विद्यालयहरू भ्रमण गरेर बालबालिकासँग खेल्छ।   

बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 12 =