आज बुधबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

पौष ०२, काठमाडौं । वि.सं. २०७६ पुस २। बुधबार। इ.स. २०१९ डिसेम्बर १८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। सप्तमी, २४:३० उप्रान्त अष्टमी। नक्षत्र– पूर्वफाल्गुनी, २५:३२ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– प्रीति, २२:१५ बजेउप्रान्त आयुष्मान्। करण– भद्रा, १३:४० बजेदेखि वव, २४:३० बजेउप्रान्त वालव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २५ घडी ० पला। 

राशिफल  

मेष 

null

 हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । 

वृष 

मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । 

मिथुन 

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । 

कर्कट 

अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । 

सिंह 

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । 

कन्या 

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वैदेशिक कार्यभने अघि बढ्नेछ । 

तुला 

शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । 

वृश्चिक 

आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमीको सहयोग पाईनेछ । साँझम भने खर्च बढ्नेछ । 

धनु 

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । 

मकर 

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला तर, लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । 

कुम्भ 

मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । 

मीन 

धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =