सकियो २९६ वर्षपछिको दुर्लभ सूर्य ग्रहण

पुस १०, काठमाडौं । आज (बिहीबार) लागेको खण्डग्रास सूर्य ग्रहण सकिएको छ । नेपाली समयानुसार ८ः४२ मा स्पर्श, १०ः१ मा मध्ये भएको ग्रहण ११ः३१ मा मोक्ष भएको हो ।   

यो भन्दा पहिले १७२३ को ०७ फ्रेबुअरीमा यो ग्रहण लागेको थियो । २९६ वर्षपछि आज त्यस्तै ग्रहण लागेको हो । यो २०१९ को अन्तिम ग्रहण हो । 

दक्षिण र पश्चिमको बिचबाट टच (स्पर्श) भएको ग्रहण पूर्व र दक्षिणको बिचमा गएर मोक्ष भएको हो ।   

ग्रहणक दृश्यहरु नेपाल, भारत, श्रीलंका लगायत एसियाका सबै देशहरुमा देखिएको थियो । साथै पूर्वी यूरोप, अष्ट्रेलिया, पूर्वी अफ्रिका लगायत विश्वका अधिकांश ठाउँहरुबाट यो ग्रहण हेरिएको छ ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =