पीपीएल क्रिकेट : बुटवलाई विराटनगरले दियो १ सय ६६ रनको लक्ष्य
२०७६ पुस १० गते

पुष १०, पोखरा । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको फाइनल प्रवेशका लागि इलिमिनेटरको खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल बनाएको हो ।
विराटनगरका लागि सुनिल धमलाले ५४ बलमा २ छक्का र ६ चौकाको सहयोगमा ६१ रन बनाउँदै अर्धसतकीय पारी खेले ।

विराटनगरले दिएको लक्ष्य पछ्याउँदै बुटवल जवाफी ब्याटिङमा उत्रिएको छ । आजको खेलमा जित हात पार्ने टिम शनिबार हुने फाइनल खेलमा उपाधिका लागि चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने छ ।
२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








