नेकपामा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु

पुस ५, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ ।   

बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए ।   

नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो त्यो थाहा छैन तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताए ।   

संसदीय दलको बैठकमा यसको चर्चा भए पनि छलफल नभएको बताउँदै उनले नेकपाले सभामुखमा दाबी गर्ने बताए । यो समाचार गोरखापत्र दैनिकले छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =