केकी यस्तो रूपमा

मंसिर २३, काठमाडौँ । हाल छायाँकन भईरहेको चलचित्र  ‘झिंगे दाउ’ मा  नायिका केकी अधिकारीको नयाँ लुक्स सार्वजनिक भएको छ ।   

उक्त चलचित्रको छायाँकनमा व्यस्त रहेकी नायिका केकीको छायाँकन स्थलबाट उनको नयाँ लुक्स सार्वजनिक भएको हो ।  हाल चलचित्रको छायाँकन भकुेन्डेबेसीमा छायाँकन भईरहेको छ । 

सार्वजनिक गरिएको लुक्समा नायिका केकीलाई फरिया चोलीमा ऐना हेर्दै मन्द मुस्कानमा देखाईएको छ । भने अर्को  तस्बिरमा उनीसँगै ऐना अगाडी आँचल शर्मा र सुर्यमाला खनाललाई देखाईएको छ । 

सामाजिक कथामा तयार हुन लागेको यस चलत्रिमा नायिका केकी र आँचलको नयाँ लुक्स सार्वजनिक भएसँथै दर्शकको मनमा एक प्रकारका कौतुहलता पैदा भएको छ ।  चलचित्रमा केकी, आँचल र  सुर्यमालासँगै मुकुन भुषालको मुख्य भुमिका रहेको छ । 

ज्ञानेन्द्र देउजाको प्रस्तुति तथा निर्देशनमा रहेको यस चलचित्रलाई  विष्णु कल्पितले खिचेका हुन् । चलचित्रमा प्रदीप भारद्धाजको  पटकथा तथा संवाद रहेको छ ।  हाल धमाधम छायाँकन भईरहेको यस चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =