कालिञ्चोकबाट भक्तपुर फर्किँदै गरेको बस दुर्घटना, १२ जनाको मृत्यु, १८ घाइते

मंसिर २९, काठमाडौँ । लामोसाघु जिरी सडकखण्ड अन्तर्गत ६ किलोमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाभन्दा बढीको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।   

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस  दुर्घटना हुँदा १२ जनाको घटनास्थमै मृत्यु् भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार दोलखाको कालिञ्चोक दर्शन गरेर फर्कने क्रममा बस दुर्घटना भएको हो । भक्तपुरको रुटमा चल्ने लोकल बस रिजर्भ गरि शनिबार दोलखा दर्शनका लागि गएका यात्रु बोकेको बस आइतबार फर्कने क्रममा दुर्घटनामा परेको डिएसपी माधव काफ्लेले जानकारी दिए । 

अहिले दुर्घटनास्थलमा स्थानीय सर्वसाधारण र प्रहरी उद्धार कार्यमा खटिएका छन् । दुर्घटनाको वस्तृत विवरण आउन बाँकी नै छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =