महिला फुटबलमा नेपाल भारतसंग हारेपछि प्रशिक्षक खड्काले दिए राजिनामा

मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) मा नेपालको महिला फुटबल टोलील भारतसँग पराजित भएपछि टीम मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।   

फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् ।   

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो । ‘हामीले जुन उद्येश्यले तयारी गरेका थियौं, सागमा स्वर्ण जिताउने योजना सफल हुन सकेन । यसको जिम्मेबारी लिँदै म राजीनमा दिन चाहन्छु,’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा खड्काले भने । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *