‘दर्शक तान्न खेल राम्रो हुनुपर्छ उपहार होइन’

पुष ११, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता चलिरहँदा नेपाली फुटबल लिगको विषयलाई लिएर एन्फाका पूर्व अध्यक्ष गणेश थापाले चिन्ता व्यक्त गरेका छन् । उनले एन्फाका बर्तमान कार्य समितिले बिना रेलिगेशन लिग सुरु गरेर आफ्नालाई संरक्षण गरेको आरोप लगाएका छन् ।
पूर्व अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत एन्फामा अहिले भैरहेको गतिविधीको आलोचना गरेका हुन् । उनले पाँच वर्ष अगाडिकै कार्यविधि अनुसार एन्फा चलिरहेको भन्दै त्यसमा नयाँपन दिन नसकेको आरोप लगाएका छन् । थापाले खेलाडीहरुको मनोवल बढ्ने कुनै काम अहिले एन्फाले गर्न नसको आरोप लगाउँदै यसको साझो असर अहिले भैरहेको लिगमा पर्न गएको बताए । ‘ उपहार राखेर दर्शक ल्याउँछु भन्ने सोच त्यग्नु पर्छ, दर्शकलाइ फुटबल देखाए तान्नु पर्छ’, उनले भने ।
उनले खेलाडीहरुले पाउँदै आएको पुरस्कारको रकम कटौति हुनु, खेलाडी र क्लवबीच एक वर्षको सम्झौता नहुनु, विगत पाँच वर्षदेखि कुनैपनि नयाँ खेलाडी उत्पादन नहुनु जस्ता कारणले खेलप्रेमिहरुलाई नेपाली फुटबल खेलप्रति वितिष्णा पैदा हुन जाने धारण राखेका छन् ।
उनले नेपाली राष्ट्रिय टिमले विगत केही वर्षदेखि पाएको सफलता विगत पाँच वर्ष अगाडि तयार पारिएका खेलाडीहरुका कारणले गर्दा भएको भन्दै त्यसको जस अहिलेको एन्फा पदाधिकारी लिन नमिल्ने बताए ।
उनले अहिलेका पदाधिकारीलाई नेपाली फुटबल खेल प्रति कुनै चिन्ता नभएको आरोप लगाएका छन् ।
यस्तो छ अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापाले सामाजिक सञ्जाल फेसबुकमा राखेको एन्फा प्रतिको धारणा :








