धरानमा नेकपा झिनो मतले अगाडि

मंसिर १५, धरान  । सुनसरीको धरानमा नेकपाका उम्मेदवार  प्रकाश राईले झिनो मतले अग्रता कायम गरेका छन् ।  हाल सम्म धरानको वडा नंम्बर २०,१९,१८ र १७ गरी ४ वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपाले झिनो मतको अग्रता कायम गरेको हो ।   

अहिलेसम्मको मतपरिणाम अनुसार नेकपाले  ४ वटा वडा गरी कुल ४५ सय ७४ मत र नेपाली कांग्रेसले ४५ सय १७ मत प्राप्त गरेको छ । । अहिले वडा नं १५ र १६ को मगतणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।   

देशभरीमा एकमात्र मेयर  पदका लागी भएको उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट प्रकाश राई, नेपाली कांग्रेसबाट तीलक राई र स्वतन्त्र गरी २३ जना प्रतिस्पर्धामा छन् । भने वडा नं ७ को वडा अध्यक्षका लागी ४ जनाको उम्मेदवारी परेको छ ।  ९२ हजार ५ सय ५३ मतदाता रहेको धरानमा ५९.२५ प्रतिशत मत खसेको थियो । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =