राप्तीमा अपाङ्गताका संरक्षणकलाई सम्मान

मंसिर १७, चितवन ।  चितवनको राप्ती नगरपालिकाले अपाङ्गता भएका र उनीहरुका संरक्षकहरुलाई सम्मान गरेको छ । मंगलवार परेको अपाङ्गता दिवसका अवसरमा नगरपालिकाले त्यस्ता व्यक्तीहरुको घरघरमै पुगेर सम्मान गरेको हो ।  

राप्ती नगरपालिकाले नगरको १३ वटै वडाका क वर्ग अपाङ्गता परिचय पत्र प्राप्त गरेका लाभग्राही र संरक्षकहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले बताए ।  

सम्मानका लागि राप्ती नगरपालिका प्रमुख प्रभा वराल,उपप्रमुख इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई र सम्वन्धीत वडाका अध्यक्षहरु उनीहरुको घरघरमा पुगेका थिए । राप्ती नगरपालिका भित्र ९४ जना अपाङ्गता भएकाहरुले क वर्ग अर्थात रातो  कार्ड प्राप्त गरेका छन् ।  

अपाङ्गता भएकाहरुलाई एक किलोको हर्लिक्स र एक थान ब्लाङकेट प्रदान गरिनुका साथै उनीहरुका संरक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =