छापाः प्रदुषण बढ्दोः साढे ७ अर्ब प्रदुषण शुल्क सरकारी ढुकुटीमा, सगरमाथा निकुञ्ज कब्जा गरेर निजी होटल, कर्मचारीको परीक्षा तयारीले सेवा प्रवाहमा असर

मंसिर १९, काठमाडौँ । राजधानीबाट आज प्रकाशित पत्रपत्रिकाहरुले फरक–फरक विषयलाई आजको मुख्य समाचार बनाएका छन् । आज नयाँ पत्रिका दैनिकले सगरमाथा निकुञ्ज कब्जा भएको विषयलाई फ्रन्ट पेजको मुख्य समाचार बनाएको छ । 

नयाँ पत्रिकाका अनुसार जुन भ्यु प्वाइन्टलाई आधार बनाएर विश्व सम्पदा मानियो त्यही ठाउँ कब्जा गरेर निजी होटल बनाएकोमा युनेस्कोले समेत गम्भीर चिन्ता व्यक्त गिरेको छ । सगरमाथा निकुञ्ज कब्जा भएकोमा युनेस्कोको गम्भीर चिन्ता शीर्षकमा समाचार छ ।   

आजको राजधानी दैनिकले मुलकभर प्रदुषण बढ्दोः साढे सात अर्ब प्रदुषण शुल्क सरकारी ढुकुटीमा शीर्षकको समाचारलाई फ्रन्ट पेजको मुख्य समाचार बनाएको छ भने कर्मचारीको परीक्षा तयारीले सेवा प्रवाहमा असर शीर्षकको समाचारलाई पनि प्राथमिकता दिएको छ ।   

नेपाल समाचारपत्रले मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्टले बालुवाभित्र सीमा स्तम्भ शीर्षकमा समाचार छापेको छ ।   

पत्रपत्रिकाको फ्रन्ट पेज तस्बिरमा   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *