पञ्चाङ्ग र राशिफलः तपाईँको आजको दैनिकी यसरी बित्ने छ

मंसिर १६, काठमाडौँ । वि.सं. २०७६ मंसिर १६। सोमबार। इ.स. २०१९ डिसेम्बर २। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। षष्ठी, २१:३२ उप्रान्त सप्तमी। नक्षत्र– श्रवण, १३:१३ बजेउप्रान्त धनिष्ठा। 

योग– ध्रुव, १५:४६ बजेउप्रान्त व्याघात। करण– कौलव, ८:४९ बजेदेखि तैतिल, २१:३२ बजेउप्रान्त गर। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मकर, २६:१४ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ९ पला। सर्वार्थसिद्धि योग १३:१३ बजेसम्म। धनिष्ठा पञ्चक २६:१४ बजे प्रारम्भ। 

तपाईको राशिफल 

null

मेषआज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समयछ । 

वृषबुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजनपनि मिल्नेछ । 

मिथुनकार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ । 

कर्कटशुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ । 

सिंहकीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । 

कन्यानयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । 

तुलाअनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ । 

वृश्चिकरमणीय र सुखद् यात्राको योग छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् । 

धनुनयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

मकरनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । 

कुम्भअनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । 

मीनआज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व्र जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *