अनुसन्धान नसकिएपछि म्याद थपका लागि सिद्धबाबालाई लगियो अदालत
२०७६ मंसिर २० गते

मंसिर २०, विराटनगर । सिद्धबाबा भनिने कृष्ण गिरीलाई प्रहरीले अस्पतालबाट म्याद थपका लागि अदालत लगेको छ । अनुशन्धान नसकिएको भन्दै पुनः म्याद थपका लागि उनलाई जिल्ला अदालत सुनसरी लगिएको हो ।
आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि आरोपमा प्रहरीले गत मंसिर १६ गते उनलाई विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो । पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।
अदालतले दिएको समयसीमामा अनुसन्धान नसकिएपछि प्रहरीले थप समय माग गर्दै पुनः उनलाई अदालतमा पेस गरेको हो ।
null
२०७६ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








