स्व.उमेश श्रेष्ठ स्मृति फुटसल प्रतियोगिताको उपाधि गार्डन एफ.सी.लाई

मंसिर २९, सुनसरी । धरान १० स्थित धरान फुटसलमा सम्पन्न स्व.उमेश श्रेष्ठ स्मृति फुटसल प्रतियोगिताको उपाधि गार्डन एफ.सी.ले हात पारेकोे छ ।   

धरान फुटबल फ्यान क्लबका सह कोषाध्यक्ष स्व. उमेश श्रेष्ठको स्मृतिमा क्लब द्वारा आयोजित प्रतियोगितकोे फाईनल खेलमा एफ.एफ.सीलाई ४–२ गोल अन्तरले पराजित गर्दै गार्डनले उपाधि हात पारेको हो । 

उपाधिसंगै गार्डनले ट्रफि, नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा दोश्रो बनेको एफ.एफ.सीले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।   

यता व्यक्तिगत पुरस्कार अर्न्तगत फाईनल खेलको म्यान अफ दी म्याच एफ.एफ.सीका उर्गेन शेर्पा घोषित हुँदै ट्रफीसहित नगद १ हजार प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी गार्डनका रिवास मास्के बन्न सफल भएपने ट्रफिसहित केल्मेको फुटसल जुत्ता प्राप्त गरे । 

विजेता खेलाडिहरूलाई धरान फुटबल फ्यान क्लबका अध्यक्ष अशोक राई, एन्फाका केन्द्रिय मानार्थ उपाध्यक्ष किशोर राई, झरना साकोसका अध्यक्ष मानबहादुर मगर, चिरनजिवी साकोसका अध्यक्ष खेमबहादुर माझी लगायतले पुरस्कार वितरण गरेका थिए ।   

प्रतियोगितामा जनकराज सुनुवार र खगेन्द्र खड्का रेफ्रि रहेका थिए । प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । स्व. श्रेष्ठको तिन महिना अगाडि हृदघातका कारण मृत्यु भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *