भारोत्तोलनमा विकासले जितेसँगै नेपालको ४० स्वर्ण पुग्यो
२०७६ मंसिर २० गते

मंसिर २०, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज भएको भरोत्तोलनमा नेपालले थप स्वर्ण जोडेको छ ।
नेपाली खेलाडी विकास थापाले ८९ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
१३ औं सागमा अहिलेसम्म ७२ स्वर्ण पदकसहित भारत पदक तालिकाको अग्र स्थानमा छ । उसले अहिलेसम्म ७२ स्वर्ण, ५३ रजत र २५ कास्य पदक जितिसकको छ ।

नेपाल भने ४० स्वर्णका साथ पदक तालिकाको दोस्रो स्थानमा छ । नेपालले हालसम्म ४० स्वर्ण, २७ रजत र ४२ कास्य पदक जितेको छ ।
२०७६ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








